Breaking

काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा चुनावी सहकार्यबारे छलफल, प्रदेश सभापतिहरुबाट आयो फरक—फरक मत


काठमाडौँ – स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुmे दौडधुप तीव्र बनाएका छन् । तर सरकारको नेतृत्व गरिरहेको नेपाली काग्रेस आगामी निर्वाचनमा तालमेल गर्नेकी एक्लै चुनावी मैदानमा होमिने भन्नेमा अझै रणभुल्लमा छ । यस सवालमा कांग्रेसको केन्द्रीय कमिटीमा छलफल सुरु भएको छ ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार स्थानीय तहको निर्वाचन आउन अब ४९ दिन मात्र बाँकी छ । राजनीतिक दलहरु निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न चुनावी रणनीतिका साथ मैदानमा उत्रिएका छन । सत्तारुढ दल नेपाली कांग्रेसले घर घर जाउँ नेपाली कांग्रेसलाई जिताऊ अभियान नै चलाएको छ ।

सत्ता समिकरण सहित सत्ताको बागडोर सम्हाली रहेका कांग्रेस शीर्ष नेतृत्वले आगामी निर्वाचनमा तालमेल गर्नेकी एक्लै चुनावी मैदानमा होमिने रणभुल्लमा छन् । महाधिवेशन पछि गुटगत राजनीति अन्त्य गर्दै एकढिक्का भएर कांग्रेसलाई ठुलो पार्टी बनाउने प्रतिवद्धता जनाएका कांग्रेस नेताहरु चुनावी तालमेलमा नै वेमेल छन ।

मुलत: प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेर बहादुर देउवा समूह चुनावी गठबन्धनको पक्षमा छ भने महाधिवेशनमा देउवाका प्रतिस्पर्धी बनेका डाक्टर शेखर कोइराला समूह यो निर्वाचन कांग्रेसका लागि अवसर भएको भन्दै गठबन्धन नगरी एक्लै चुनाव लड्न चाहान्छ ।

कम्युनिष्ट विभाजन कांग्रसले अवसरको रुपमा लिँदै यो निर्वाचनमा एक्लै चुनावमा जानुपर्ने नेताहरुको तर्क छ । गठबन्धनका सहयात्री माओवादी केन्द्र र एकीकृत समाजवादीतीनै तहको चुनावमा तालमेल गर्ने आश्वासन दिएका देउवाले आफ्नै पार्टीमा समझदारी कठिन देखिन्छ ।

सभापति देउवासँग केन्द्रिय समितिमा बहुमत भएकाले गठबन्धन सहित निर्वाचनमा जाने निर्णय हुने संशय बढेका बेला देउवा निकट नेताहरु भने यस विषयमा स्थानीय नेताहरुको आवजलाई प्राथमिकता दिने दावी गर्छन ।

पहिले पराजय भएको स्थानमा मात्र तालमेल गर्ने र बलियो क्षेत्रमा गठबन्धन नगर्ने नेताहरुको तर्क छ । चुनावमा तालमेल गर्ने वा एक्लै लड्ने भन्ने सवालमा केन्द्रबाट निर्णय नलादी स्थानीय स्तरलाई नै जिम्मा दिनुपर्ने कतिपयको धारण छ ।

लोकतन्त्र र राष्ट्रियता जोगाउनका लागि भए पनि कांग्रेस बलियो हुनुको विकल्प नभएको भन्दै यो निर्वाचनमा पद्दतिलाई बलियो बनाउन कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने विश्लेषकहरुका बुझाई छ ।

आगामी निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने निर्णय लिन शुक्रबारबाट काँग्रेस केन्द्रिय कार्यसमितिको सुरु भएको छ । कांग्रेसको जारी वैठकले लिने निर्णयले नै सत्तागठबन्धन, सरकार र चुनावी तालमेलको निर्धारण हुने देखिन्छ ।