काठमाडौँ — बलिउड अभिनेत्री श्रद्धा कपुर र नेपाली मूलका फोटोग्राफर रोहन श्रेष्ठले रिलेसनसिपलाई सार्वजनिक रुपमा स्वीकार गरेनन् । तर उनीहरुको सम्बन्धको चर्चाले भने स्थान पायो । अब यी दुईबीचको सम्बन्धमा दरार आएको खबर भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । भारतका मूलधारका मिडियाले श्रद्धा र रोहनबीच ब्रेकअप भएको खबर प्रकाशित गरेका छन् ।
बिहीबार श्रद्धाले ‘और सुनाओ’ क्याप्सन लेख्दै इन्स्टाग्राममा तस्वीर सेयर गरेपछि उनीहरुको ब्रेकअपको अड्कलबाजी सुरु भएको थियो । सात वर्षदेखि रोहन र श्रद्धा गम्भीर प्रेममा थिए । यी दुईबीच ब्रेकअप हुनुको कारण खुलाइएको त छैन, तर मिडिया विवरणका अनुसार गोवामा हालै सम्पन्न श्रद्धाको बर्थडेको पार्टीमा रोहन नपुगेपछि दरार सुरु भएको थियो ।
प्रतिक्रिया