राजनीति

राजदूत डा.शर्माले लिए शपथ


काठमाडौँ – भारतका लागि नेपाली राजदूत डा.शङ्करप्रसाद शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत शर्मालाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो ।

सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको थियो ।