Breaking

देउवा र कोइरालाबीच ‘वान टु वान’भेटवार्ता


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच ‘वान टु वान’भेटवार्ता भएको छ । १४औं महाधिवेशनमा दोस्रो चरणसम्म प्रतिस्पर्धा गरेका सभापतिका प्रत्यासीबीच चार महिनापछि भेटवार्ता भएको हो ।

भेटमा नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्त्व विना सहमति ल्याउँदा पार्टीमा बढेको असन्तुष्टि व्यवस्थापनका विषयमा छलफल भएको थियो । “सभापति शेरबहादुर देउवा र नेता शेखर कोइलाबीच आज बिहान ९ बजेदेखि आधा घण्टा बालुवाटारमा संवाद भएको थियो,” कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, “भेटमा डासावले भातृ संस्थाको नेतृत्त्व एकलौटी नियुक्ति गर्दा साथीहरू असन्तुष्ट हुनुभयो । समानान्तर समिति बनाउन दबाब दिँदै हुनुहुन्छ के गरौं ? भन्दै प्रश्न गर्नुभएको थियो ।”

कोइरालाले त्यसोभन्दा आफू मिलाएर लैजाने पक्षमै रहेको भन्दै त्यस्ता गतिविधि रोक्न आग्रह गरेका थिए । “जवाफमा सभापति देउवाले आफूले मिलाएर अघि बढ्ने बताउनु भएको छ,” थपलियाले भने ।

नेविसंघ र तरुणदलको नेतृत्त्वका विषयमा व्यापक असन्तुष्टि आएपछि देउवाले शेखरलाई बालुवाटार डाकेर कुराकानी सुरु गरेका हुन् । यसअघि शेखरले पटक–पटक समय माग्दा सभापति देउवाले भेटका लागि समय दिएका थिएनन् ।