देश

६ महिनामै हलक्क भयौं,माधवकुमार नेपाल


काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नेकपा एमाले छाड्ने लहर चलेको दाबी गरेका छन् । पार्टीनिकट महिला संघले आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा आफ्नो पार्टीले ६ महिनामै पाएको सफलता अरुले नपाएको बताए । ‘हामी ६ महिनामै ७७ वटै जिल्ला, अधिकांश पालिका र अधिकांश वडाहरूसम्म फैलिएका छौं । अधिकांश ठाउँमा हाम्रो कमिटी विस्तार भइसकेको छ’, नेपालले भने ।

एमाले छाडेर एसमा आउनेको लहर चलेको भन्दै उनले थपे, ‘अहिले देशभर एमाले छाड्ने लहर चलेको छ, हाम्रो पार्टी प्रवेश गर्ने महाअभियान चलिरहेको छ । अहिले म जहाँ गइरहेको छु त्यहीँ भीड हुन्छ । जहाँका हल पनि साँघुरा हुन्छन्, कुर्ची कम पर्छन् । भुइँमै फम र कार्पेट बिछ्याएर बस्नुपर्छ । हिमाल, पहाड, तराई जताततै भीडैभीड छ ।’

नेकपा एस क्रान्तिकारीधारमा हिँडेको भन्दै उनले एमाले दक्षिणपन्थी बाटोमा भासिएको आरोप लगाए ‘एमाले दक्षिणपन्थी बाटोमा भासिएको छ, हामी अग्रगामी क्रान्तिकारी बाटोमा छौं । त्यसैले एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गर्नेहरू बढ्दै गएका छन् ।’