राजनीति

नेविसंघका अध्यक्ष शेर्पाले गरे शपथ ग्रहण


काठमाडौँ – नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले पदभार ग्रहण गर्नुभएको छ । शुक्रवार सभापति शेर्पाले नेपाल विद्यार्थी संघको सभापतिको पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै उहाँले संगठनलाई ठिक ठाउँमा राख्न आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने बताउनु भयो ।

उहाँले नेविसंघ अब राजनीतिक मुद्दाहरुमा नभइ शैक्षिक मुद्दाहरुलाई अघि बढाउनतर्फ लाग्ने प्रतिवद्धता जनाउनु भयो ।

त्यस्तै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं नेविसंघका निःवर्तमान सभापति राजिव ढुंगानाले स्थानीय निर्वाचनलाई लक्षित गरेर पार्टीलाई जिताउन नेविसंघले अब काम गर्ने बताउनु भयो ।