काठमाडौँ — सुनको मूल्य प्रति तोला ६ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ४०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो पनि सुनको भाउ एकैदिन १ हजार १०० रुपैयाँले बढेको थियो । यो आज चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेर १ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया