Breaking

केन्द्रीय समिति बैठक अघि पौडेल पक्षको छुट्टै भेला


काठमाडौँ — कांग्रेस केन्द्रीय समिति बैठकको पूर्व तयारीका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका नेताहरुको छुट्टै बैठक बोलाएका छन् । पौडेल निवास बोहोराटारमा बैठक जारी रहेको पौडेल निकट एक नेताले जानकारी दिए ।

बैठकमा केन्द्रीय सदस्य शशांक कोइराला, दीपक गिरी र पौडेल निकट केही जिल्ला सभापतिहरु सहभागी छन् । कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ । सो बैठकमा चुनावमा उम्मेदवारहरुलाई टिकट बाँड्ने समिति गठन, चुनावमा गठबन्धन गर्ने कि नगर्ने लगायतका विषयमा छलफल हुँदै छ ।