Breaking

भारत भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा दक्षिण छिमेकी भारतको तीनदिने औपचारिक भ्रमणमा जनाने भएका छन् । पाँचौंपटक प्रधानमन्त्री भएपछि देउवाले पहिलो औपचारिक भ्रमण चैत १८ देखि २० सम्म भारतमा गर्ने भएका हुन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा देउवाले भारत भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय नेपाल भ्रमण भएको एक साताभित्रै देउवा भारत प्रस्थान गर्न लागेका हुन् । भारत भ्रमणको गृहकार्य बालुवाटार र परराष्ट्र मन्त्रालयले सुरु गरिसकेका छन् ।