Breaking

प्रचण्ड–माधवसहित चुनावमा जान देउवालाई धर्मसंकट,गठबन्धन विरोधी शक्ती सशक्त बन्दै (भिडियो सहित)


काठमाडौँ — केन्द्रस्तरकै नेताहरुमापनिचुनावी गठबन्धनबारे एक मत नहुँदा संस्थागत निर्णय गर्न अलमलगरिरहेको कांग्रेस अझदलदलमाफस्दै गएको छ । वामपन्थीहरुएक हुने रसत्ताको कुर्सी नै हल्लिने डरका कारण प्रधानमन्त्री देउवा गठबन्धनबाट भाग्न त सकेका छैनन्, तरजिल्लास्तरमा गठबन्धन विरुद्ध मत बढ्दै जाँदासहकार्यको घोषणा गर्न पनि देउवालाई सहजभने देखिँदैन । सत्ता घटक दलहरुबीचचुनावी गठबन्धन के गर्ने भन्ने बारे अलमलकायमै रहेका वेलाकांग्रेसभित्रभने गठबन्धनविरोध शक्तीशक्तिशालीबन्दैगएको छ ।

यतिवेला सत्ता गठबन्धनभित्र सबै तहमानभएपनिआवश्यकताकाआधारमातालमेल गरेर जाने विषयमा छलफल भईरहेका छ ।अनौपचारिक छलफलका क्रममाकाठमाडौंसहितमुलुकका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धन दलहरूसँग तालमेलको तयारी भईरहेको छ ।कांग्रेस नेताहरुकाअनुसार शुक्रबारको केन्द्रीयकार्यसमिति बैठकमा स्थानीयतहको चुनावमा सत्ताघटक दलहरूबीचचुनावी गठबन्धन गर्ने प्रस्ताव लैजाने तयारीमादेउवाछन् । उनले सत्ताघटक दलहरूलाई केन्द्रीय समितिबाट गठबन्धन गर्नेबारे सैद्धान्तिक निर्णय गर्ने वचन समेत दिइसकेका छन् ।

यता सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले पनिअव देउवालाई धेरै नकुर्ने भएका छन् । भएकांग्रेस सहितनभएकांगे्रसविहिनचुनावी गठबन्धनबनाउने उनीहरुको तयारीले पनि देउवामापनिदवाव बढेको छ । ढिलो चाडो कांग्रेसपनिचुनावी गठबन्धका लागि सकारात्मकहुने आशापनिजिवित राखेका उनीहरु पनिअव सबै तहमागठबन्धन हुननसक्नेमाप्रष्ट भईसकेका छन । फलत आफ्नो जीतभन्दाएमालेको हार मुख्य उदेश्य बनाएकाप्रचण्ड माधव पछिल्लो समय केहि लचक देखिएका छन ।

विगत हेर्दा विश्वास गर्ने अवस्थानभएपनिवर्तमानआवश्यकतावामगठबन्धन भएको उनीहरुको बुझाई छ । गठबन्धन जोगाउने कामप्रधानमन्त्री देउवाको नै भएकोले त्यसो नभए परिस्थितीअर्को बन्ने सक्ने चेतावनी समेत माओवादी नेताहरुले दिएका छन ।हुन त केन्द्रीय समितिमावहुमतमा रहेका देउवाले गठबन्धनको विषयलाई पेलेरै निर्णय गराउन सक्ने अवस्थापनि छ । त्यस्तै माओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले पनिगठबन्धन अहिले पनिभइरहेको भन्दै अहिलेकै गठबन्धन स्थानीयतहमामात्रनभएर प्रदेश र संघीय निर्वाचनमापनिकायमहुने दावीगरिरहेका छन ।

तरकांग्रेस नेताडा.शेखर कोइरालापक्षले भने चुनावमा गठबन्धन गर्ने वानगर्ने भन्ने विषयमा पार्टीको केन्द्रीयकार्यसमितिले निर्णय गर्न नमिल्ने दाबी गरेका छन् भने विभिन्नजिल्लामा समेत अन्तुष्टि देखाइसकेका छन् । महानगरमातालमेल हुनसक्ने कुरामा समेत चितवनकाकांग्रेसी नेताहरु चेतावनीदिईसकेका छन । पहिल्यैबाट माओवादीसंगको गठबन्धनको विषयमा अन्तुष्ट देखिएका नेताहरुले भरतपुर छोडेर तालमेल गर्न दवावदिईरहेका छन । अर्कातर्फ स्थानीयतहमै यो तालमेलको अधिकार दिएपनिमाओवादीको वर्चस्व रहेकै स्थानमाकांग्रेसले घात गर्ने जोखिम बढेपछि त्यो निर्णय गठबन्धनकै लागिप्रत्युपादकबन्ने खतरा समेत बढेको छ ।जसले देउवा दोहोरो चेपुवामा देखिएका छन ।

यसैपनिनिर्वाचनलागिउमेद्धारी दर्ताको समय आउन १ महिनामात्रबाँकि छ । त्यसैकारण पनिगठबन्धनको विषयमावारपार गर्नपर्ने समय घर्कदो छ । त्यस्तै सत्ताघटक अरु दलले पनिआगामीकदमकालागिकाग्रेसकै निर्णय पर्खिरहेका छन । तर गठबन्धनसहित नजाउभन्नसक्ने अवस्थामापनिकांग्रेस देखिदैन भने नेताकार्यकता नै चिढ्याएर निर्णय गर्दा हुनसक्ने असर बारेपनि देउवाजानकार नै छन् । त्यसैले भरसक निर्णयमै अलमल गरेर त्यहिवहाना देखाउने रणनिति देउवाले प्रयोग गर्न सक्ने भएपनिअन्य घटकको दवाव खेप्न भने उनलाई त्यति सहज देखिएको छैन । यसरी धर्मसंकटमा फसेका देउवाले आगामीकदमले उनको राजनीतिक परिपक्कताको संकेत दिनेछ ।