Breaking

चुनावमा बहुमत प्राप्त गर्ने एमालेको हुँकार,यस्ता छन आधार (भिडियो सहित)


काठमाडौँ — स्थानीय तहको निर्वाचन आउन अब ५० दिन मात्र बाँकी छ । चुनाव नजिकिएसँगै सबै राजनीतिक दलहरु चुनाव केन्द्रित बनेका छन । दलहरु आ–आफ्नो चुनावी रणनीतिमा व्यस्त बनिरँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी सबै निर्वाचनमा बहुमत प्राप्त गर्ने दाबी गर्दै आएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रिय कमिटि वैठक निर्वाचन केन्द्रित बनेको छ । कार्यकर्ता प्रशिक्षण सहित चुनावी गतिविधि र आक्रमक प्रचारमा होमिएको एमालेको यो वैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

जसमा एमाले विजयी हुने विभिन्न १८ वटा आधार प्रस्तुत गरेका ओलीले स्थानीय तहको निर्वाचनमा जसरी पनि बहुमत हासिल गर्नुको विकल्प नभएको स्पष्ट पार्दै यहि दिशामा अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन नै दिए । केन्द्रिय कमिटिको वैठकमा सात वटै प्रदेशका अध्यक्षले गरेको रिपोर्टिङका आधारमा सबै प्रदेशमा एमालेको जीत निश्चित मात्र होइन बहुमत प्राप्त गर्ने दावी गरिएको छ । नेपाली नागरिक स्थिर सरकार र विकासको पक्षमा रहेकाले साना पार्टी भन्दा ठुला पार्टी नै खोज्ने र त्यसमा एमालेको विकल्प नभएको एमाले नेताहरुको दावी छ ।

एमालेसँगको जनमत र पार्टी सगठन मात्र नभई एमाले सरकारले गरेका विकास निर्माण नै एमाले जितको आधार भएको नेताहरुको तर्क छ । मुलुकको समृद्धिको पक्षमा रहेका नागरिक एमालेको पक्षमा आउने उनीहरुको दावी छ । एमाले नेतृत्व प्रतिको जनविश्वास, जवाफदेहिता र जनआधार हेर्दा नेकपा एमाले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने कुरामा विस्वस्त हुन सकिने नेताहरुको दावी छ । पार्टी विभाजनको असर र निर्वाचनमा हुन सक्ने पाँच दलीय गठबन्धन सामु आसन्न निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा ल्याउन एमाले दत्तचित्त भएर लागेको छ । शति सन्तुलनको यथार्थ स्थितिको आँकलन गर्दै सकेसम्म एक्लै नभए आवश्यकता अनुसार तालमेलसम्म गर्ने योजना एमालेको छ । आउँदो निर्वाचनलाई एमालेले सत्तारोहणको भर्याङको रुपमा अथ्याउँदै त्यहि अनुसारको तयारीमा जुटेकोे छ ।