Breaking

राजेन्द्र लिङ्देनको कडा चुनौती, देउवा, ओलीविरुद्ध चुनाव जित्ने,सानादेखि ठुला दलको तयारी (भिडियो सहित)


काठमाडौँ—स्थानीय तहको निर्वाचन आउन मात्र ५२ दिन बाँकी छ । चुनावलाई आफ्नो पल्लाभारीमा पार्न सानादेखि ठुला दल चुनावी मैदानमा होमिएका छन् ।तर एजेन्डाविहिन तरिकाले चुनावमा जाँदा कसैप्रति पनि जनताको आर्कषण देखिएको छैन ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनदेखि अस्तित्व रक्षाको संकटमारहेको माओवादी केन्द्रसम्म चुनाव मैदानमा छन् ।आफैले मात्र चुनाव जित्नसक्ने हुंकार लगाएका नेपाली काँग्रेस र नेकपा एमाले पनि चुनावी रस्साकस्सीसहित मैदानमा होमिएका छन् । समग्रमा साना–ठुला दल आफ्नै लक्ष्यसहित मैदानमा देखिएपछि स्थानीय तह निर्वाचनको सरमर्गी पुरापुर चढेको छ ।यतिनै बेला ठुला दलको कमजोरी र जनतामा बढ्दै गएको वितृष्णालाई मौका बनाएर साना दल स्थापित हुन खोजिरहेका छन् ।

जनताले गत निर्वाचनमा झण्डै दुई–तिहाइ बहुमत नजिकिए पु¥याएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनमतकै अपमानगर्न पुग्यो । आन्तरिक द्धन्द्धलेतीनबर्षकै अवधिमा पार्टी भंग भएपछि जनताले गरेको विश्वास पनि पुरा भएन ।पाँच बर्षका लागि प्रतिपक्षको भूमिका पाएको नेपाली काँग्रेसले समेत आफ्नो दायित्व पुरा गर्न सकेन । बरु सत्ताको अवसर पाएपछि मोर्चाको नेतृत्वको गर्दै आँखा चिम्लेर सरकार चलाइरहेको छ ।यी दलहरु अहिले पनि पुरानै आश्वसन र मुद्धा बोकेर निर्वाचनमा होमिएका छन् ।यसपालीको निर्वाचनमा पनि राष्ट्रिय मान्यता प्राप्त ६ दल बाहेक सबै साना दल निर्वाचनमा जाँदैछन् ।

स्थानीय चुनावमा भाग लिन दर्ता भएका ७९ मध्ये धेरैजसो त नामै नसुनेका र भूमिकाविहिन दलहरु छन् । वैकल्पिक शक्तिको रुपमा जुर्मुराउन खोजेका दलहरुको भूमिकासमेत शिथिल बनेको छ ।फलतः यो पालीको चुनावमा पनि पुरानै दलको रजगजले स्थान पाउने पक्का छ ।स्थानीय निर्वाचन नजिकिएसँगै चुनावी तालमेललाई लिएर सत्ता गठबन्धनमा आवद्ध दलहरुका फरक—फरक धारणा सार्वजिक भईरहेका छन् । जसमा नेपाली काँग्रेस एक्लै चुनावी मैदानमा जाने रणनीतिका साथ अगाढि बढिरहँदा अन्य दलहरु भने काँग्रेसले दभ्म देखाएको भन्दै चिढिन थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढ्दो छ । यद्दपी सत्ता गठबन्धनमा भने चुनावी तालमेललाई लिएर तीव्र मत विभाजीत छ ।

नेपाली काँग्रेस चुनावी तालमेलाई लिएर अनिर्णित बन्दा अन्य दलहरु चिढिन थालेका छन् । यतिसम्म कि नेपाली काँग्रेसभीत्र चुनावी तालमेलको विपक्षमा रहेका शेखर कोइराला पक्षधरका नेताहरु र गठबन्धनका शीर्ष नेताहरु बीच सार्वजनिक मञ्चमै जुहारी चल्न थालेको छ । काँग्रेसभीत्रको विभाजित मत तथा शेखर कोइराला पक्षिय नेता धनराज गुरुङले सोमवार मात्रै गठबन्धनभीत्रका शीर्ष दललाई यति सम्म भन्ने भ्याए कि हात्तीको शरणमा चमेरा सरण माग्न आएको भन्दै व्यङ्ग गरे । उनको व्यङ्ग्य र आक्रोश यतिमा मात्रै सिमित थिएन उनले चुनावी तालमेल गर्न दवाब दिईरहेका दलहरुलाई भिखारीकै संज्ञा दिन समेत भ्याए । स्थानीय तहको चुनावी संघारमा दलहरुबीचको यो खालको तित्तताले यी पार्टीहरुमा कसरी चुनावी तालमेल होला ? र कसरी गठबन्धन गर्लान यो एउटा संशय कायम छ ।

गुरूङको यो अभिव्यक्तिबाट चिढिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफमा काँग्रेसको सो टिप्पणी गैह्जिम्मेवार भन्दै गठबन्धनबाट काँग्रेसलाई निकाल्ने ताकत माओवादीसँग रहेको भन्दै आक्रोश पोखे । यतिमात्रै होइन आफ्नै पार्टीको बलमा यो सरकार बनेको भन्दै दम्ब नदेखाउँन र आफ्नै तागतमा चुनावी परिणाम ल्याउन सक्षम रहेको प्रचण्डले दाबी गरे । त्यसोत काग्रेसका कोइराला पक्षका नेताहरु चुनावी तालमेललाई त्यागेर आफूलाई पार्टीभित्र प्रभावशाली बनाउँन चाहान्छन् । जसले पार्टीभित्र देउवाले चाहेको मात्रै हुँदैन है भन्ने सन्देश समेत स्थापीत गराउन चाहान्छन् । यसकारण पनि देउवा यतिबेला पार्टीभीत्र चुनावी तालमेललाई लिएर चपेटामा परेका छन् । यद्दपी चुनावी तालमेल पनि गर्न नचाहाने र कम्युनिष्टको तालमेल हुन्छ कि र यसले काँग्रेसलाई थप समस्यामा पार्न सक्ने भन्दै काँग्रेस चुनावी तालमेलबाट भाग्न पनि सकेको छैन् ।

र वाम एकता हुन नदिने रणनीतिमा काँग्रेस अगाडि बढेका पनि विश्लेषणहरु भईरहेका छन् । गठबन्धनभीत्र चुनावी तालमेललाई लिएर फरक—फरक मत सार्वजनिक भइरहँदा सत्ता पक्षियका शीर्ष तीन नेताबीच मंगलवार छलफल चलेको छ । चुनावी तालमेल गठबन्धनको दुई धारमा रहेको काँग्रेसले केन्द्रीय कमिटीको बैठकपछि गठबन्धन गर्ने नगर्ने छिनाफानो लगाउने भएको छ । जसले के निर्णय गर्छ त्यो निर्णयले कस्तो परिस्थ्तिी सिर्जना गर्छ त्यो त भोलिको दिनले देखाउँने नै छ यद्दपी चुनावी तालमेलकै कारण अन्यौलको भूमरीमा गठबन्धन फसेको छ ।

https://youtu.be/keEGT4JkyZ8