Breaking

पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो


काठमाडौँ — बलात्कार आरोपित अभिनेता पल शाह पूर्णविक्रम शाह को मुद्दामा तनहुँ जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत तनहुँमा बुधबार र बिहीबार भएको थुनछेक बहसमा पलका कानुन व्यवसायीहरूले एकतर्फी प्रेम अस्वीकार गर्दा फसाइएको जिकिर गरेका छन् । पलका पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले अभियुक्त पलले नाबालिग गायिकालाई बहिनीको व्यवहार गरेको दाबी गरेका छन् । पलले पीडित भनिएका व्यक्तिलाई बहिनीको व्यवहार गर्नुहुन्थ्यो, तर पीडित भनिएकीले एकतर्फी प्रेम गरेर विवाहका लागि दबाब दिइन्,’ वाग्लेले बहसमा आफूले गरेको जिकिर उदृत गर्दै सेतोपाटीलाई भने, ‘एकतर्फी प्रेम र विवाह अस्वीकार गर्दा बलात्कार भनेर फसाइयो ।’

बलात्कार भनिएको मितिदेखि अहिलेसम्म चुप लागेर बस्नुले पनि घटना विश्वसनीय नभएको उनको जिकिर छ । २०७८ वैशाख १४ गते तनहुँमा बलात्कार भनेर दाबी गरेको भोलिपल्ट ढोरबाराही सँगसँगै घुमेको, सँगै सुटिङमा हिँडेको र त्यसपछि पनि पटक पटक भेटघाट भएको वाग्लेले बताए । बलात्कार भएको भए कोरिबाटी चिटिक्क परेर सँगसँगै हिँड्ने, डुल्ने, घुम्ने हुँदैनथ्यो होला नि,’ उनले भने, ‘पीडित भनिएको पक्षले विवाह गर्न नमान्दा फसाएको प्रष्ट देखिन्छ ।’ अभियोग पत्रको बयानमा पीडितले अनुसन्धान अधिकृतसमक्ष योनीमा विर्य स्खलन गरेको बताएको र अस्पताल गएर झ्यालको कोठामा विर्य स्खलन गरेको भनेकाले पनि घटना स्वीकार्य हुन नसकेको उनले दाबी गरे । बारदात भएको घरधनीले छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाएको र गायक कमल खत्रीले समेत पल आफूसँग सुतेको बताएको उनले जिकिर गरे । यसैका आधारमा पनि पल निर्दोष रहेको उनले दाबी गरे ।