राजनीति

स्थानीय चुनावका लागि २ करोड मतपत्र छाप्ने


काठमाडौँ – निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा २ करोड मतपत्र छाप्ने तयारी गरेको छ ।

आज आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र प्रकाशन गरिने जानकारी दिनुभयो ।

आयोगले आगामी निर्वाचनको तयारीका लागि निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रम पनि शुरु गरेको छ ।

मतदाता शिक्षाका लागि निर्वाचन सामग्री उत्पादनका लागि विभिन्न फर्महरुको आवेदन लिएको र त्यसबारे अध्ययन भइरहेको आयोगले जनाएको छ ।