काठमाडौँ – काठमाडौँको चोभारमा रहेको सुख्खा बन्दरगाह चैत्र महिनाभित्र सञ्चालनमा आउने भएको छ ।
असार महिनामै निर्माण सम्पन्न भएको चोभार सुख्खा बन्दरगाहमा भन्सार कार्यालय, बैंक तथा अन्य पूर्वाधार स्थापना भएपछि संचालनमा आउन लागेको हो । समितिले सम्पूर्ण काम सकेकाले उद्घाटनको तयारी थालिएको छ ।
यस सुख्खा बन्दरगाहले भारतको नाकाबाट आउने सामग्रीहरुलाई काठमाडौंमै ल्याएर भन्सार चेकजाँच र पास गराउने कार्यकारी निर्देशक गजुरेलले बताउनुभयो ।


प्रतिक्रिया