राजनीति

चैत तेस्रो साता प्रधानमन्त्री देउवा भारत जाँदै


काठमाडौँ – चैत तेस्रो साता प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने हुनुभएको छ ।

प्रधानमन्त्री देउवाले चैत्र १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा जान लाग्नुभएको हो भने भ्रमणबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको जनाएको छ ।

भम्रणका क्रममा देउवाले संयुक्तरुपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी रहेको छ ।