राजनीति

केन्द्रीय सुरक्षा समितिको बैठकमा चिनियाँ विदेशमन्त्रीको सुरक्षा तयारीबारे छलफल


काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँडले स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण, निष्पक्ष, भयरहित वातावरण सिर्जना गर्न निर्देशन दिनुभएको छ ।

आज गृहमन्त्रालयमा बसेकोे केन्द्रिय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाँडले सुरक्षा निकायलाई यस्तो निर्देशन दिनुभएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनु भयो ।

उहाँले बैठकमा चिनियाँ विदेशमन्त्रीको सुरक्षा तयारीका बारेमा पनि छलफल भएको बताउनु भयो । चिनियाँ विदेशमन्त्री वाङ यी भोलि तीन दिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।

त्यस्तै बैठकमा समसामयिक सुरक्षा स्थिति र निर्वाचनको तयारीका बारेमा पनि छलफल भएको गृहमन्त्रालयका प्रवक्ता पोखरेलले बताउनु भयो ।

प्रवक्ता पोखरेलले आगामी स्थानीय तहको निर्वाचनमा अपनाउनु पर्ने रणनीतिका बारेमा छलफल भएको जानकारी दिनुभयो ।