Breaking

तीनै तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन गर्ने प्रचण्डको भनाई


काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी तीनै तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुने बताउनुभएको छ ।

आज गृह जिल्ला चितवनमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले अहिले पनि गठबन्धन भइरहेको र तीन तहकै चुनावमा हुने बताउनुभयो ।

चितवन कांग्रेसले गठबन्धन हुँदैन भने पनि केन्द्रबाटै गठबन्धन हुने उहाँले बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्र माडीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड आज चितवन पुग्नुभएको हो ।