Breaking

जोरपाटी-साँखु सडक पिच गर्न माग गर्दै थलीमा सडक अवरुद्ध


काठमाडौँ — जोरपाटी–साँखु सडकखण्ड कालोपत्रे (पिच) गर्न माग गर्दै थलीका बासिन्दाले सडक अवरुद्ध पारेका छन् ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै आज बिहानैदेखि सडक अबरुद्ध पारेका हुन् । उनीहरुले सडकमा बाँसका भाटा तेर्स्याएर स्थानीयले सडक बन्द गराउँदा सवारी आवागमन प्रभावित भएको छ ।

ठेकदारले सडक मर्मत कार्य शुरु गरेता पनि मर्मत पूर्णरुपले नसकिएसम्म सवारी साधन चल्ने नदिने स्थानीयले बताएका छन् ।