Breaking

एसिया कप छनोट : नेपालले आज थाइल्यान्डसँग खेल्दै


काठमाडौँ – एसिया कप छनोटको तयारीमा रहेको नेपालले आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग खेल्दैछ ।

थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । नेपाल र थाइल्याण्ड दुबै एएफसी एसिया कप–२०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन् । सोही प्रतियोगितालाई मध्येनजर गर्दै मैत्रीपूर्ण खेल खेल्न लागेका हुने ।

नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले थाइल्याण्डविरुद्धको खेलले एसियन कपको तेस्रो चरणमा निकै मद्दत पुग्ने बताएका छन् । नेपाल तेस्रो चरणको लागि समूह ए मा छ । जहाँ जोर्डन, आयोजक टिम कुवेत र इन्डोनेसिया छन् । थाइल्यान्ड भने समूह सी मा छ। जहाँ उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका एकै समूहमा छन् ।

फिफा वरियता र तुलनात्मक रुपमा समेत बलियो देखिएको थाइल्याण्डविरुद्ध नेपाल किरणकुमार लिम्बूको कप्तानीमा मैदान उत्रनेछ। हाल थाइल्यान्ड फिफा वरियताको ११२औँ स्थानमा छ भने नेपाल १६७औँ स्थानमा छ।