Breaking

युक्रेनलाई ६ हजार मिसाइल दिँदै बेलायत


काठमाडौँ — बेलायतले रुसको आक्रमणको सामना गरिरहेको युक्रेनलाई थप ६ हजार मिसाइल दिने भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार यसको घोषणा गर्नेछन् ।

बिहीबार नेटो र जी७ का नेताहरुबीच ब्रसेल्समा हुने बैठकमा जोन्सनले युक्रेनका सेना र पाइलटलाई थप ३ करोड ३० लाख डलरको सहयोग पनि घोषणा गर्नेछन् । जोन्सनले युक्रेनलाई सैन्य तथा आर्थिक सहयोग गर्नको लागि बेलायतले अन्य सहयोगी मुलुकसँग पनि छलफल गरिरहेको बताएका छन् ।

यसअघि नै बेलायतले युक्रेनलाई ४ हजार मिसाइल प्रदान गरिसकेको छ । साथै बेलायतले युक्रेनको मानवीय सहयोगको लागि ४० करोड पाउण्ड रकम पनि प्रदान गरिसकेको छ ।