Breaking

टाटासुमोको ठक्करबाट चोभारमा २ जनाको मृत्यु


काठमाडौँ — काठमाडौँको चोभारमा टाटासुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो हेटौंडाबाट बल्खुतर्फ आइरहेको ना१ज ६३५४ नम्बरको टाटासुमोले विपरित दिशाबाट आउँदै गरेको बा९२प २३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौंको नागार्जुन नगरपालिका ६ का समिर गिरी र काठमाडौँ महानगरपालिका १४ का नवीन्द्र तिमल्सीना छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा वल्खुस्थित वयोधा अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिने टाटासुमोका चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।