Breaking

सिमसार जोगाउन कोशी टप्पुमा सफाइ, आश्रित समूदायलाई रोजगारी


काठमाडौँ – मासिदो क्रममा रहेको सिमसार जोगाउन कोशी टप्पु वन्यजन्तु आरक्ष अन्र्तगत रहेको मध्यवर्ती क्षेत्रको ४५ हेक्टर क्षेत्र सफाईको काम थालिएको छ । सिमसार मासिदा लोप हुन थालेका माछा र चरासहितका सरिसृप प्रजाति जोगाउने उद्देश्यले आरक्ष हातासँगै मध्यवर्ती क्षेत्रमा पर्ने सिमसार क्षेत्र संरक्षणको काम अघि बढाइएको हो ।

मासिदै गएको सिमसार जोगाउन कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा सफाईको थालिएको छ । संरक्षण अन्र्तगतको काममा सिमसारमा आश्रित समूदायलाई रोजगारी समेत मिलेको छ । जीविकोपार्जन सहयोगका रुपमा स्थानीय जनशक्ति परिचालन गरी सिमसारबाट जलकुम्भीका साथै मिचाहा प्रजातिका झारपात हटाउने कार्यलाई अघि बढाइएको छ ।

सिमसार सफाई थालेसँगै स्थानीयले परिवर्तनको आभाष समेत गर्न थालेका छन । हराउँदै गएका माछा र चराको विचरण बढ्न थालेको उनीहरु बताउँछन । संरक्षित क्षेत्रका रुपमा रहेको कोशी टप्पुको सिमसार क्षेत्र पछिल्लो समय भने जलकुम्भी र मिचाहा प्रजातिका कारण मासिदो क्रममा छ ।

यद्दपी सफाईको क्रममा सिमसार क्षेत्रबाट निकालिएको जलकुम्भीलाई कम्पोष्ट मल बनाउने गरी तयारी समेत गरिएको छ । मावन र वन्यजन्तु बीचको द्धन्द्ध अन्त्य गर्दै चरा र वन्यजन्तुको संरक्षणको उद्देश्यका साथ कोशी टप्पु टु कन्चनजंगा बेल्ट परियोजना अन्र्तगत कोशी टप्पुमा संरक्षणका काम अघि बढाइदै आइएको हो ।

परियोजना अन्र्तगत सिमसार क्षेत्र बढाउन ४५ हेक्टर जग्गा खरिद समेत गरी सकिएको छ । थप जग्गा खरीदको क्रम समेत अघि बढाइएको छ । सिमसार तथा सिमसारमा आश्रित जलचर र जीवजन्तुको संरक्षण गर्नु बेल्टको प्रमुख उद्देश्य रहेको छ ।

बेल्ट अन्र्तगत सुनसरीतर्फको सिमसार संरक्षण तथा त्यसको प्रर्वद्धनको जिम्मेबारीको काम भने कोशी टप्पु लर्निङ ग्राउण्डले हेर्दै आएको छ । क्षेत्र विस्तारसँगै सिमसारलाई २०६५ मा कोशी बाँँध फुट्नु पूर्वको अवस्थामा फर्काउन केटीके बेल्ट र भर्टिकल वायोडाईभसिटी फण्डले सो क्षेत्रमा ठूलो धनराशी खर्च गर्दैछ ।

वातावरणीय परिवर्तन र जैविक विविधताको संरक्षणमा बैज्ञानिक विधि अवलम्बन गर्दै अघि बढ्ने लक्ष्य लिएको परियोजनाले सिमसार सफाई, क्षेत्र विस्तार र अध्ययन अनुसन्धानको काम अघि बढाउदै लगेको छ ।

https://www.youtube.com/watch?v=PGojLBKCrBQ

त्यसका साथै माछा तथा चरासँगै सिमसारमा आश्रित जीवजन्तुको वासस्थान पहिल्याउँदै दिगो संरक्षणमा जोड दिन नेपाल र भारत दुई देश सम्मिलित विज्ञ टोलीले अध्ययन तथा अनुसन्धानको काम थाल्ने गरी तयारी समेत थालेको कोशी टप्पु लर्निङ ग्राउण्डले जनाएको छ ।