राजनीति

नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा नियुक्त


काठमाडौँ – कांग्रेसले नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा दुजाङ शर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका छन् ।

तदर्थ समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम भएको मितिले ३ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने जनाइएको छ ।

मुख्य सचिव कृणप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फाल्गुण ३ गतेको बैठकको निर्णय अनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त भएका नेपाली कांग्रेसका भ्रातृ संघहरु– नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्ष पदमा देहाय बमोजिम नियुक्त गर्नु भएको छ ।

१. नेपाल विद्यार्थी संघ – दुजाङ शेर्पा (काठमाण्डौ)
२. नेपाल तरुण दल – विद्वान गुरुङ्ग (पर्वत)

तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ (तीन) महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ ।”

Open photo