समाचार

दुईदिन पछि नेप्सेमा गिरावट


काठमाडौँ – दुई दिन लगातार रुपमा वृद्धि भएको नेप्से परिसूचकमा आज गिरावट आएको छ ।

आज नेप्से परिसूचक २०.३४ अंक घटेर २ हजार ६३०.३६ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.२२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ अंकले घटेको छ ।

आज कारोबारमा आएका २२६ कम्पनीको ३९ लाख ८५ हजार कित्ता शेयर २ अर्ब ४ करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।