देश

यो निर्वाचन सामान्य, नियमित र सहज हुँदै छैन: ओली


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन सामान्य, नियमित र सहज नहुने बताएका छन् । बुधबारबाट जारी पार्टी केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले जनादेश र परमादेश बीचको जनमत संग्रहका रुपमा आगामी निर्वाचन हुन लागेको बताएका हुन् ।

अध्यक्ष ओलीले २१ पेज लामो प्रतिवेदनमा भनेका छन्, ‘यो निर्वाचन सामान्य, नियमित र सहज अवस्थामा हुँदैछैन । यो त जनादेश र परमादेशबीचको जनमत सङ्ग्रहका रूपमा हुँदैछ ।’