राजनीति

ओली सरकार असफल भएको कानुनमन्त्रीको दावी


काठमाडौँ – कानून न्याय तथा संसदीय ब्यबस्था मन्त्री दिलेन्द्रप्रसाद बडुले नेकपा एमाले सरकार संविधान भन्दा बाहिर गएर सञ्चालन गर्दा समय अगाडि नै बाहिरिनु परेको बताउनु भएको छ ।

मन्त्री बडुले पूर्व प्रधानमन्त्री ओली सरकार चलाउन असफल भएको बताउनुभयो । देशको प्रधानमन्त्री हुँदा जनताको भवना बुझ्न नसकेको, देश र जनता भन्दा बाहिर गएर सरकार चलाउन खोजेकोले बाहिरिनु परेको बताउनु भयो ।

मन्त्री बडुले अहिलेको सरकार विशेष परिस्थितिमा विशेष दायित्वका साथ बनेको भन्दै खतरामा परेको संविधानको रक्षा गर्नु सरकारको मूल जिम्मेवारी भएको बताउनुभयो ।

मन्त्री बडुले संविधान रक्षा र संवैधानिक सर्वोच्चताको लागि रेडियो प्रशारणको लक्ष्य बन्नुपर्ने बताउनु भएको छ ।