Breaking

चुनावमा बहुमत हासिल गर्ने दिशामा अघि बढ्न नेता कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्ने दिशामा अघि बढ्न निर्देशन दिनुभएको छ ।

आज काठमाडौँमा सुरु पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनको सबैभन्दा ठूलो र पुरानो शक्ति एमाले भएकाले लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्नुपर्ने बताउनुभएको हो ।

द्वन्द र हिंसाबाट गुज्रिएको मुलुकमा दिगो शान्ति स्थापना तथा सुशासन र भ्रष्टाचार मुक्त गरि देशलाई समृद्ध नेपाल सुखी नेपाली सम्म पुराउने अभिभारा पुरा गर्न बहुसंख्याको अभिमतबाट स्थानीय तहको निर्वाचन जित्नुपर्ने तर्क उहाँको थियो ।

अध्यक्ष ओलीले नेकपा एमालेमा प्रवेश गर्ने लहर बढेसंगै सदस्यता सख्या ११ लाख पुगेको आकलन गरिएको दाबी पनि गर्नुभयो ।