काठमाडौँ — भारतीय अभिनेता सलमान खान नेपाल आउने मिति सरेको छ । यसअघि वैशाख ३ गते खान आउने भनिएता पनि नेपाल सुपर लिग एनएसएल का कारण आउने मिति सरेको हो ।
एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७, २०७९ सम्म दशरथ रंगशालामा हुँदैछ । सलमानको कार्यक्रम ‘दबङ लाइभ इन नेपाल’ पनि दशरथ रंगशालामा हुने हुँदा खान आउने मिति सरेको हो । खान आगामी जेठ १४ गते आउँदैछन् ।


प्रतिक्रिया