Breaking

एमाले केन्द्रीय कमिटीको बैठक सुरु


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बसेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्ने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकमा सातै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन् । यस्तै, चुनावी घोषणापत्र, उमेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् । रिजालका अनुसार बैठक दुई दिनसम्म चल्नेछ ।