समाचार

जनजाति महासंघको १०औं महाधिवेशन आजदेखि सुरू हुँदै


काठमाडौँ – नेपाल आदिवासी जनजाति महासंघको दशौं महाधिवेशन आजदेखि नवलपुरको कावासोतीमा सुरू हुँदैछ । कोरोना महामारीका कारण पटकपटक स्थगित हुँदै आएको महासंघको महाधिवेशन आजदेखि हुन लागेको हो ।

महाधिवेशन बुधबार दिउँसो १ बजे गृहमन्त्री बालकृष्ण खाँणले उदघाटन गर्ने कार्यक्रम रहेको महासंघ संघीय परिषदका अध्यक्ष जगत बरामले जानकारी दिए । महाधिवेशनमा देशभित्रका जातीय संगठनका प्रतिनिधि, देशबाहिर रहेका शाखालगायतका गरी ४२० जनाप्रतिनिधि र २०० पर्यवेक्षक सहभागी हुने अध्यक्ष बरामले बताए ।

महाधिवेशनले ५६ जना महिला र ५६ जना पुरुषसहितको ११२ सदस्यीय नयाँ संघीय समिति चयन गर्नेछ । महाधिवेशनको उद्घाटन अघिकावासोतीको फलफूलचोकदेखि कार्यक्रम स्थल पानस होटलसम्म आदिवासी जनजातिका जातीय झाँकीसहितको र्‍याली निकाल्ने तयारी छ ।