राजनीति

फोनिजको सातौं संघीय महाधिवेशन सम्पन्न, अध्यक्षमा गजुरधन राई


काठमाडौँ —नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा गजुरधन राई निर्वाचित भएका छन् ।

महाधिवेशनले अध्यक्ष, महासचिवलगायतका केही पद निर्विरोध चयन गरेको छ । उपाध्यक्ष, सचिवलगायतका पदहरूमा मतदानमार्फत नेतृत्व चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी‚ उपाध्यक्ष (खुला) अमरध्वज लामा‚ उपाध्यक्ष (संस्थागत) जगत दोङ‚ उपाध्यक्ष (महिला) सुरू राना र उपाध्यक्ष (अल्पसंख्यक) कमन देवान निर्वाचित भएका छन् ।

यस्तै‚ महासचिव मिलन लिम्बू‚ सचिव (खुला) बुद्धवीर बाहिङ राई‚ सचिव (खुला) समीर बलामी‚ सचिव (खुला) विश्वराज तामाङ‚ सचिव (महिला) अञ्जना शिल्पकार‚ सचिव (संस्थागत) छेटु शेर्पा र सचिव (अल्पसंख्यक) यमन दनुवार रहेका छन् ।

संस्थागततर्फका केन्द्रीय सदस्यहरूमा भक्तशेर लिम्बू, निरज पिठाकोटे, यमबहादुर गाहा, बुद्धिमान पुन मगर, भीमबहादुर चौधरी, देवेन्द्र खापुङ, निम्लेकी शेर्पा, सुनिल महर्जन, सन्तकुमार चौधरी, चित्रबहादुर गुरुङ, नेत्र तामाङ र प्रकाश राई चयन भएका छन् ।

खुला सदस्यहरूमा बुद्ध योन्जन, हर्कबहादुर घर्ती, लोकेश लिबाङ, गजेन्द्र राई, कमलसिं थारू मतदानबाट निर्वाचित भएका छन् । महिलामा सुनिता महर्जन, स्मृति रोका मगर, रचना श्रेष्ठ, सुजता लिम्बू, मञ्जु श्रेष्ठ, बिना राई, रोषणी कुँवर सर्वसम्मत चयन भएका छन् ।

अल्पसंख्याक केन्द्रीय सदस्यमा विदुर खवास र उद्धव चेपाङ चयन भएका छन् । लेखा समिति संयोजकमा चन्द्र पन्दाक लिम्बू र सदस्यहरूमा उर्मिला गम्बा थारु र भकेन्द्र लावती विजयी भएका छन् ।

कोषाध्यक्ष चित्रबहादुर गुरुङ (लाला) र सहकोषाध्यक्ष सञ्चु ब्लोन निर्वाचित भएका छन् । संस्थागत सदस्यहरुमा लिम्बुबाट देवेन्द्र खापुङ, शेर्पाबाट निम्लेकी शेर्पा, नेवा दबुबाट सुनिल महार्जन, थारुबाट सन्तकुमार चौधरी, गुरुङबाट चित्रबहादुर गुरुङ, तामाङबाट नेत्र तामाङ र राईबाट प्रकाश राई चयन भए । महाधिवेशन चैत ६ देखि ८ गतेसम्म भएको थियो ।