काठमाडौँ — युक्रेनमा रुसी आक्रमणलाई लिएर पछिल्लो समय विश्वव्यापी चिन्ताको विषय रासायनिक वा जैविक हतियार बनेको छ । आक्रमण सूरु गरेको महिना दिनसम्म पनि पुर्ण रुपमा कब्जा जमाउन नसकेको रुसले यदि मानव जिवन लाई नै समाप्त पार्ने हतियार प्रयोग गरे के हुन्छ भन्ने चासो विश्वमा छ । रुसले युक्रेनसँगको युद्धमा जैविक तथा रासायनिक हतियार प्रयोग गरे के हुन्छ ? यहि प्रश्न अहिले विश्वका शक्ती राष्ट्र देखि साना देशहरुमा पनि चर्चाको विषय बनेको छ । आक्रमण गरेको एक महिना हुनै लाग्दा समेत युक्रेनमा कब्जा जमाउन नसकेको रुसका सामु नैतिक दवाव समेत छ ।
आणविक हतियारले भरिपुर्ण देश रुसले हाल सम्म आफ्नो सम्पुर्ण शक्ती प्रयोग नगरेको चर्चा पनि छ । यदि रुसले रासायनिक हतियार प्रयोग गरेमा तेस्रो विश्व युद्ध हुने विश्वका प्रमुख शक्ती राष्ट्रले चेतावनी दिइरहदा रुस भने आफ्नु सम्पुर्ण शक्ती प्रयोग गरेर भए पनि युक्रेनको मामलाबाट पछि हट्ने पक्षमा छैन् । विश्वलाई सैन्य शक्ती आफूसँग पर्याप्त छ भन्ने देखाउन पनि रुसले युक्रेनमा कब्जा जमाउने आंकलन गरिएको छ । जैविक तथा रासायनिक हतियारलाई लिएर विश्वको प्रमुख शक्ती हुँ भन्ने अमेरिका समेत केहि झस्केको देखिन्छ ।
मंगलबार विहान अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा जैविक तथा रासायनिक हतियार प्रयोग गर्न सक्ने दाबी गरे । बाइडेनले युक्रेन युद्धमा बेहोर्नु परिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिन रासायनिक हतियारको प्रयोगतर्फ उन्मुख भएका र त्यसको तयारी स्वरुप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेका झुटा खबर फैलाउन थालेको बताए । बितेको २७ दिनकोे लडाइँमा युक्रेनी सेनाको चर्को प्रतिरोधले पुटिनले धक्का पाएको र अब चर्को कारबाहीतर्फ अघि बढेको बाइडेनको दाबी छ ।
उनले अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको वा युक्रेनमा त्यस्ता अस्त्र रहेको भन्ने रुसी दाबी पूरै असत्य भएको पनि बताएका छन् । यसैबीच, रुसी सेनाले आफ्नो हवाई क्षेत्रमा उपस्थिति बढाएको युक्रेनको वायु सेनाले बताएको छ । युक्रेनी सेनाले विज्ञप्ति निकालेर युक्रेनको आकाशमा मानवरहित हवाई यानका साथै बमबर्षक र लडाकु विमानको सङ्ख्या बढेकोले जुनसुकै बेला बस्तीहरुमा बमवारी हुनसक्ने भन्दै सचेत रहन अपिल गरेको छ ।


प्रतिक्रिया