खेलकुद

वल्ड कप लिग टूमा नेपाल सामु १ सय ७४ रनको लक्ष्य


काठमाडौँ — आईसीसी क्रिकेट वल्र्ड कप लिग टूमा पापुवा न्युगिनीले नेपाल सामु जीतका लागि १ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको हो । पपुवा न्युगिनीका लागि कप्तान असद भालाले सर्वाधिक ४५ रन बनाए । उनले यस क्रममा ३ चौका हिर्काए । त्यस्तै, च्याड सोपरले २२ रन लेगा सियाकाले २० रन बनाए ।

नेपालका लागि कप्तान सन्दिप लामिछाने तथा सोमपाल कामीले २–२ विकेट लिए । आरिफ शेख, दिपेन्द्र सिंह ऐरी तथा पवन शर्राफले १–१ विकेट लिए । पीएनजीसँगको इतिहास हेर्दा नेपाल बलियो टोली हो । तीन एकदिवसीय खेल खेलेको छ । सबै खेलमा नेपालले जित निकालेको छ । तर नेपाली टोलीको ब्याटिङ अहिले कमजोर छ । नेपालका रोहित पौड्यल र आरिफ शेख बाहेक अन्य ब्याट्सम्यान चल्न सकेका छैनन् ।

यूएई सिरिजको तीन खेल खेलिसक्दा पछिल्लो दुई खेलमा नेपाल पराजित भएको छ । नेपालले दुई खेल यूएईसँग हारेको थियो भने पीएनजीले तेस्रो खेलमा यूएईलाई हराएको थियो । लिग टूमा नेपाल ११ खेलमा ५ जित निकाल्दै १० अंक बनाएर तालिकाको छैटौं स्थानमा छ ।