देश

शाहविरुद्ध अदालतमा मुद्दा दर्ता हुँदै


काठमाडौँ — बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध आज तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता हुँदैछ । हिजो मात्र शाहमाथि गरिएको अनुसन्धानको फाइल प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको थियो ।तनहुँ अदालतमा थुनछेकको बहसपछि मात्र शाहको पुर्वीनवलपरासीको मुद्दाको प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ ।

अभियोग पात्र तनहुँ अदालतमा दर्ता भएपछि शाहले बयान दिनेछन् । थुनछेकको बहस पछि न्यायाधीशले पुर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने एक निर्णय हुने छ । नाबालिग गायिकाले शाहले आफुलाई पटक–पटक बलात्कार गरेको भन्दै तनहुँमा उजुरी दिएकी थिइन् ।