देश

करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश


काठमाडौँ — अभिनेत्री करिश्मा मानन्धर आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)मा औपचारिक रुपमा प्रवेश गरेकी छन् । केन्द्रीय कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरेर अध्यक्ष केपी शर्मा ओलीले करिश्मा लगायत विभिन्न पार्टी परित्याग गरेर आएकाहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

उनीसँगै आज पुर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमाले पार्टी प्रवेश गरेका छन् । सिंहले नेतृत्व गर्दै आएको समाजवादी जनता पार्टी आजदेखि एमालेमा समाहित भएको छ । करिश्मा यसअघि डा बाबुराम भट्टराईको पार्टी नयाँ शक्तिमा थिइन् । नयाँ शक्ति संघीय समाजवादीमा एकिकरण भएपछि पनि करिश्मा विस्तारै राजनीतिबाट नै टाढिदै गएकी हुन् ।