Breaking

देउवा, दाहाल र नेपालबीच भेटवार्ता, चुनावी तालमेलबारे छलफल


काठमाडौँ — सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्नेबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच छलफल भएको थियो ।

प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताबीच छलफल भएको हो ।

दाहाल र नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनबारे छिटो टुंगो गर्नुपर्ने बताएको तर प्रधानमन्त्री देउवाले भने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट के गर्ने भन्नेबारे निर्णय गराउने बताएका थिए । आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरिएको छ ।