Breaking

रुस विश्वलाई सातपटक ध्वस्त बनाउने क्षमता राख्छ, युक्रेन अन्ततोगत्वा रुसको ‘पपेट’ बन्ने छ : डा.पाण्डे (भिडियोसहित)


काठमाडौँ – रुसले युक्रेनमा अझै पनि निरन्तर आक्रमण गरिरहेको छ । केहि प्रमुख सहरमा कब्जा जमाएको रुसले राजधानी किभमा भने नियन्त्रण जमाउन सकेको छैन् । तर, मानविय संकट विकराल बन्दै गएको छ ।

घेराबन्दीमा परेको युक्रेनी सहर मारिओपोललाई आत्मसमर्पण गर्न रुसले अल्टिमेटमसहित चेतावनी दिएको छ । आत्मसमर्पण गरेमा फसेका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा जानका लागि मानवीय सहायता मार्ग खुला गर्ने रुसी रक्षा मन्त्रालयले जनाएको छ । तर युक्रेनले भने रुसको यो प्रस्ताव अस्वीकार गरेको छ । युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेस्चुकले आफ्ना सैनिकले हतियार त्याग्ने र आत्मसमर्पणका कुरै नउठ्ने बताएकी छिन । रुसले आत्मसमर्पण गर्न नमानेमा ‘सैन्य कारबाही’ भोग्नु पर्ने चेतावनी दिएको छ । मारिओपोल सहर गएको दुई हप्तादेखि रुसी सैनिकको घेराबन्दीमा छ । यसै सन्दर्भमा योहो टेलिभिनको योहो बहस कार्यक्रममा यूएनएचसीआर निवृत्त डा. सुरेन्द्रबहादुर पाण्डेसँग गरिएको कुराकानी :