Breaking

बर्बरतापूर्वक प्रहरीको हत्या, प्रहरी मार्ने योजना नै रहेछ–सीडीओ


काठमाडौँ – खोटाङकी उर्मिला श्रेष्ठ जनतालाई सुरक्षा दिने र सेवा गर्ने उद्देश्यले प्रहरीमा प्रवेश गरेकी थिइन् । २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी उनी आफ्नो जिम्मेवारी निर्भिकतापूर्वक निभाइरहेकी थिइन् । तर जनताको सुरक्षा गर्न प्रहरी बनेकी उर्मिला जनताको भीडबाट मारिइन् ।

२६ वर्षकी प्रहरी जवान उर्मिला श्रेष्ठ । मोरङको लेटाङ–५ मा जनताको सुरक्षार्था ड्युटीमा खटिएकै बेला एउटा उत्तेजित भीडले उनको जीवनलिला नै समाप्त पारिदियो । होली खेल्ने क्रममा गत शुक्रबार एक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई प्रहरीमा बुझाउने तयारी थियो ।

विद्यालयमा शिक्षक र गाउँलेबिचको छलफलपछि प्रहरी बोलाइयो । ती आरोपीतलाई प्रहरी समक्ष बुझाउने तयारी हुँदै गर्दा उत्तेजित केही युवाहरुले प्रहरीलाई बुझाए पछि दोषी उम्कीन्छ हामी नै कारवाही गर्ने हो भन्दै बाताबरण खलबल्याए । आरोपीलाई भीडको आक्रमण हुनबाट जोगाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भयो ।

तर सुरक्षाको सम्भावित दुर्घटनालाई कम आँकेर हुन सक्छ प्रहरीको तयारी कमजोर देखियो । र प्रहरीमाथि उत्तेजित भीड नै हाबी भयो । त्यही उत्तेजित भीडको सिकार बनिन् प्रहरी जवान उर्मिला श्रेष्ठ । त्यो भीडमा रहेका कसैले उनीमाथि चक्कु प्रहार गर्याे त्यो पनि घाँटी र पेटमा । उनी गहिरो चोटका कारण मुर्छित बनिन् तर संगै रहेका अन्य प्रहरीले सहकर्मी उर्मिलाको रक्षा गर्न सकेनन् ।

आइतबार राति नै कोशी अस्पताल पु¥याइए पनि चिकित्सकले उनलाई बचाउन सकेनन् । झडपमा मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीसहित २९ जना प्रहरी घाइते भए । आन्दोलनकारी सात जना घाइते भए । एक जना आन्दोलनकारीको छातीमा गोली लागेको छ ।

घाइतेहरुको कोशी अस्पताल र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउण्ड हवाई फायर र १५ सेल अश्रुग्यास प्रहार गर्याे । क्षणभरमै लेटाङ रणभूमि जस्तै बन्यो । हुल दंगा र उत्तेजीत स्थिति नियन्त्रण गर्न बेला बेला प्रहरी नराम्ररी चुक्दै आएको छ ।

सम्भावित दुर्घटनाको यकिन आँकलन गर्न नसक्दा लेटाङमा प्रहरीले क्षति बेहोर्नु परेको हो । जबकी घटना घट्दा कमाण्डरको रुपमा प्रहरीका उच्च अधिकारी एसपी नै पुगेका थिए । २०७२ भदौ ७ गते प्रहरीका एसएसपी सहित ८ जनाको ज्यान जाने गरी भएको टिकापुर हत्याकाण्डकै झल्को दिने गरी लेटाङमा प्रहरी फौज उत्तेजित भीडको सिकार बनेको छ ।

भीड व्यवस्थापन, आकस्मीक हुने हुल दंगा नियन्त्रणका लागि प्रहरीलाई विशेष रुपले प्रशिक्षण दिइएको हुन्छ । र त्यस्तो भीड नियन्त्रण गर्न जाँदा प्रहरी आवश्यक तयारी सहित जानु पर्दछ । तर लेटाङमा भीडको मनोदशालाई प्रहरीले प्रष्ट चिन्न नसकेको देखिन्छ ।

यद्यपी अकल्पनीय दुर्घटना भएपछि लेटाङमा सन्नाटा छाएको छ । स्थानीय प्रशासनले दिनभर जसो नै कफ्र्यु लगाएको छ । प्रहरी माथि आक्रमण गर्ने १२ जनालाई पक्राउन गरि प्रहरीले अनुसनधान थालेको छ । ६ वर्ष अघिको टीकापुर घटना र लेटाङमा आइतबार भएको घटना ठूला सोना भइ पछि घटनाको प्रकृति लगभग उस्तै हो ।

कानुनी राज्यमा भीडले फैसला गर्ने पक्कै होइन । तथापी भीडको उचित तवरबाट व्यवस्थापन हुन जरुरी छ । टीकापुर र लटाङ घटनाले प्रहरीमा उचित प्रशिक्षण र चातुर्यता सिकाउन जरुरी रहेको देखिएको छ ।