Breaking

आचारसंहिता कार्यान्वयनबारे निर्वाचन आयोगले सातै प्रदेशमा अन्तरक्रिया गर्ने


काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा सात वटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ ।

आज नियमित पत्रकार सम्मेलनमा बोल्नुहुँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै प्रदेशमा निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा अन्तरक्रिया गर्न लागेको बताउनुभएको हो ।

आयोगले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सातवटै प्रदेशका १५ जिल्लामा चैत्र ९ गतेदेखि १७ गतेसम्म निर्वाचन आचारसंहिताको कार्यान्वयनका सम्बन्धमा राजनीतिक दल, सरोकारवाला निकाय, संस्था तथा पदाधिकारीहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्न लागेको उहाँले बताउनुभयो ।

उम्मेदवारहरुलाई समान मैदान दिन स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको पनि आयोगले स्पष्टीकरण दिएको छ ।

आयोगले हालै स्वीकृत गरेको निर्वाचन आचार संहितामा स्थानीय तहका जनप्रतिनिधिहरुले उम्मेदवार बन्न चाहे राजीनामा दिनुपर्ने व्यवस्था गरिएको छ ।