Breaking

मेयर र उपमेयरका उम्मेदवार छान्ने जिम्मा केन्द्रीय कमिटीलाई


नेकपा (एमाले)ले आगामी बैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचनमा मेयर र उपमेयरका उम्मेदवार छान्ने जिम्मा पार्टीको केन्द्रीय कमिटीलाई दिएको छ ।

आज काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकले मेयर र उपमेयर चयन गर्ने जिम्मा केन्द्रीय कमिटीलाई दिएको हो ।

त्यस्तै एमालेले स्थानीय तहका निर्वाचनमा उम्मेदवारहरु तय गर्ने विधि र मापदण्ड पनि बनाएको छ । स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यहरुको वडा कमिटीले सिफारिस गर्ने र त्यसको निर्णय पालिका कमिटीहरुले गर्नेछ ।

त्यसैगरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउँ कमिटीले सुझाव दिने र त्यसैको आधारमा सम्बन्धित जिल्ला कमिटी सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्नेछ । प्रचार विभाग प्रमुख गुरुङले नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि प्रदेश कमिटीले नै निर्णय गर्ने बताउनु भयो ।

पार्टीमा प्रवेश गर्नेहरुको व्यवस्थापनका लागि आवश्यक विभागहरु गठन गर्ने अनुमति आवश्यक्ता अनुसार प्रदेश र जिल्ला कमिटीहरुलाई दिने निर्णय पनि बैठकले गरेको छ ।

एमालेले वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय पनि गरेको हो ।