काठमाडौँ – साताको दोस्रो दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचक वृद्धि भएको छ ।
पछिल्लो दुई साता देखि निरन्तर रुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचकमा आज १७.९९ अंकले वृद्धि भएको हो ।
आइतबार १४.६७ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार १७.९९ अंकले बढेर भएर २ हजार ६३४.५७ बिन्दुमा पुगेको छ ।
सोमबार कारोबारमा आएका २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबारको तुलनामा सोमबार कारोबार रकममा समेत केही वृद्धि भएको छ ।
प्रतिक्रिया