खेलकुद

नेपालसामू २०३ रनको लक्ष्य


काठमाडौँ – यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग डिभिजन २ को खेलमा युएईले नेपालसामू २०३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले फिल्डिङ गरेको नेपालले निर्धारित ५० ओभर बलिङ गर्दै ९ विकेट लिएको थियो ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले तीन विकेट लिएको थियो । उनले १० ओभर बल फाल्दै ३२ रन खर्चेको थियो । उनले एक मेडन ओभर पनि गरेका थिए । त्यस्तै सोमपाल कामी र करण केसीले समान दुई÷दुई विकेट लिएका थिए । सोमपालले १० ओभर गर्दै ४४ रन खर्चेका थिए भने करणले ९ ओभरमा ३६ रन दिएका थिए । दीपेन्द्र र आरिफले पनि एक÷एक विकेट लिएका थिए ।

नेपालले हाल जवाफि व्याटिङ गरिरहेको छ । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ । नेपाली टोलीमा आज तीन खेलाडी परिवर्तन गरिएको छ । नेपाल पछिल्लो खेलमा यूएईसँग नै पराजित भएको थियो भने त्यसपछि यूएई पपुवा न्यु गिनीसँग पराजित भएको थियो । नेपालले पहिलो खेलमा पपुवा न्यु गिनीलाई हराएको थियो ।