राजनीति

नेकपा एमालेका ४ नेता चीन प्रस्थान


काठमाडौँ — नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान गरेका छन् । उपाध्यक्ष पौडेलसंगै स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र केन्द्रीय सदस्य मीना रखाल आज बिहान चीन प्रस्थान गरेका हुन् ।
प्रतिनिधिमण्डलले चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एण्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । प्रतिनिधिमण्डल यही चैत १४ गते नेपाल फर्किने कार्यक्रम छ ।