Breaking

नेपाली के मा खुशी ? ओलीको उखानमा कि डोजर हेर्नमा


काठमाडौँ – खुशीको कुरा नेपाल दक्षिण एशियाकै सर्वाधिक खुशीमुलुक बनेको छ । संयुक्त राष्ट्रसंघले प्रकाशन गरेको सूचीअनुसार नेपाल विश्वकै ८५ औं खुशी मुलुक बनेको हो । तर नेपालीको खुशी हुने तरिकामाथि प्रश्न उठेको छ ।

केपी ओलीका उखान टुक्काले खुशी बनाएको हो ? वा देउवा सरकारले एमसीसी पास गरेपछि जनता खुशी भएका हुन् ? नेपाली जनता यति खुशी भएकी हरेक कुरामा पछि पार्दैै आएका भारत जस्ता देशहरुलाई नै पछि पार्दै नेपाल दक्षिण एसियाको सर्वाधिक खुशी हुने देश बनेको छ ।

प्रत्येक वर्ष संयुक्त राष्ट्रसंघ अन्तर्गतको दिगो विकास समाधान नेटवर्कले ‘वल्र्ड ह्याप्पिनेज् रेकर्ड’ प्रकाशन गर्दै आएको छ । जसमध्ये दक्षिण एसियाका देशहरुलाई उछिन्दै नेपाल पहिलो खुशी हुने देशको सूचीमा छ । विश्वका देशहरुमा फिनल्याण्ड पहिलो बन्दा नेपाल ८५ औं स्थानमा छ । तर आधार के त ? नेपाल धेरै सुधार भएको हो वा अन्य देश खराब हुँदै गएका हुन् ।

खुशी हुनु खुशीको कुरा हो । अब यति कुराका लागि खुशी हुने कुरा पनि भएन । किनकि देशको आन्तरिक अवस्था हेर्दा डामाडोलनै छ । राजनीतिक नेतृत्व जनतामारा बन्दै गएपछि नागरिकहरु रोइकराइको अवस्थामा छन् । जनताको सार्वभौम संसद्माथि निरन्तर दलहरुको प्रहार हुँदा जनजीविकाका मुद्धा लथालिङग छन् ।

राष्ट्रहित विपरित भनिएका मुद्धा रोक्न जनता सडकमा आएका बेला सरकारले गोली चलाइरहेको छ । अर्थतन्त्र डामाडोल बन्दा श्रीलंकामा पेपर किन्ने पैसा नभएपछि विद्यार्थीहरु परीक्षाबाट बञ्चित भए जस्तै अवस्था नेपालमै निम्तिदै छ । अब यस्तो अवस्थामा जनता खुशी हुने कुरै भएन ।

बरु यही बेला अर्थमन्त्री टक्क परिवारसहित घुमघाम गर्दै स्काई जीपलाइनको मज्जा लिँदै देशको अर्थतन्त्र डुबाउन लागिपरेपछि जनता खुशी भएका हुन् कि ? आखिर खुशी हुने आधार के त ? भन्न त खुशीको आधार मापन गर्दा देशको जीडीपी, प्रति व्यक्ति आय, सामाजिक समर्थन, स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचार जस्ता कुरालाई हेरेर सूची तयार पारिन्छ । फेरि दक्षिण एसियाकै सार्वधिक भ्रष्टाचार हुने मुलुकमा नेपाल पर्छ ।

खाडीमा युवाले पसिना बगाएर पठाएको रेमिट्यान्सले देश धानेको छ । नागरिक कोरोना जस्ता महामारीमा मरिरहँदा सरकार सञ्चालकहरु भ्रष्टाचारमा लिप्त बन्छन् । जे होस् देशको अवस्था जस्तो सुकै होस् । सबैभन्दा ठुलो उपलब्धी नेपाली खुशी हुन छाडेका छैनन् ।

ओलीले प्रचण्डलाई गाली गर्दा जनता ताली बजाएर खुशी मनाइरहेका छन् । प्रचण्डले निर्वाचन होइन अब युद्ध नै हुन्छ भन्दा पनि जनता खुशी नै छन् । क्याम्पसमा तालाबन्दी हुँदा पठाउने जाने मास्टर खुशी भइरहेका छन् । विद्यालय बन्द हुँदा विद्यार्थी उत्तिकै खुशी । नेपाल बन्द हुँदा सरकारी कर्मचारी खुशी ।

सडकमा सरकारले अश्रुग्यास हन्दा हेर्ने मान्छे खुशी छन् । घर भत्किरहेका छन्, मानिसहरुको बास उठिरहेको छ, पुल भत्किरहेका छन्, जनता डोजर हेर्दैमा खुशी छन् ।के खुशीको मापन यही होला त ?