Breaking

तरलता अभावले निजी क्षेत्र थला परेको उद्योगीको गुनासो, राष्ट्र बैंकको कडाइले साना व्यापारी पनि मर्कामा


काठमाडौँ – देशको अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको भुमिका अतुलनीय हुन्छ । तर, उनीहरु नै राज्य र सरकारको प्रमुख आर्थिक सल्लाहाकार केन्द्रीय बैंकसँग खुसी देखिदैनन् ।

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको बागडोर सम्हाले देखि नै देशको अर्थतन्त्र निरन्तर ओरालोे गतिमा छ । उनीसँग राजनैतीक दलहरु देखि व्यापारी—उद्योगी तथा नागरिकसम्म खुसी छैनन् । उनका नीति र व्यावहारदेखि नीजि क्षेत्र सन्तुष्ट छैन । उनीहरुले भनिरहेका छन्, अर्थतन्त्रको चुनौतीले निजी क्षेत्रको मनोवल उच्च रुपमा गिराएको छ । पछिल्लो समय बजारमा तरलता अभाव भएकाले उद्योगी थला परेको छन् ।

सरकारसँग मात्र हैन केन्द्रीय बैंकको भुमिका प्रति पनि निजी क्षेत्र सन्तुष्ट छैन । नेपाल राष्ट्र बैंकले विदेशबाट वस्तु आयात गर्दा शतप्रतिशत मार्जिनको व्यवस्था गरेको भन्दै उनीहरु आक्रोस पोखीरहेका छन् । साथै, बैंकको ब्याज बढेर व्यवसायबाट भाग्नु पर्ने अवस्था आएको उनीहरुको गुनासो छ ।

केन्द्रीय बैंकले आयतमा मार्जिन राखिदिने अनि सरकारले तीन महिना देखि भन्सारमा रोकिएका कन्टेनर किन रोकिए भनेर सहजीकरण नगरिदिँदा थप मारमा व्यावसायी छन् । मार्जिन लागू हुनुभन्दा अगाडि अर्डर गरेर ल्याएका सामान समेत विभिन्न बहानामा तीन महिना देखि भन्सारमा नै रोकिएका छन् ।

गर्मी मौसमको लागि पाँच महिना अगाडि खरिद गरेका सामान बजारमा आउनु पर्ने भए पनि भन्सार नाकामा समान रोकिएर बसेको तर सरकारले भन्सारमा सहजिकरण गर्ने काम नगरेको व्यावसायीको गुनासो छ ।

अर्थतन्त्र बचाउन निजीक्षेत्रलाई खुसी बनाउनु राज्यको प्रमुख दायित्व हो । तर, राजनीतिको भुमरीमा फसेको अर्थमन्त्रालय र केन्द्रीय बैंकले निजीक्षेत्र खुशी बनाउन सकेका छैनन् । जसका कारण उद्योगी व्यापारी पलायन नहोलानन् भन्न सकिन्न् । यसमा सरकारको वेलैमा ध्यान जान जरुरी छ ।