Breaking

चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणले दुई देशको सम्बन्ध नवीकरण हुने विश्वास


काठमाडौँ – अमेरिकी सहयोग परियोजना (एमसीसी) पास भएको महिना दिन नवित्दै चिनिया विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउदै छन् । एमसीसीका कारण चिडिएको चीनियाँ पक्षको उच्चस्तरी टोलीको नेपाल भ्रमण चासोपूर्ण रुपमा हेरिएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी विशुद्ध नेपाल र अमेरिकाबीचको आर्थिक लेनदेन वा कुटनीतिक विषय भए पनि नेतृत्वको कमजोरीका कारण लामो समय गिजोलियो । मुलुकको कुटनीतिक उदासिनता र ख्यालठट्टापूर्ण व्यवहारको उपज दुई ठुला शतिm राष्ट्र चीन अमेरिकाबीच वाक युद्ध नै चल्यो ।

अन्तमा १२ बुँदे व्याख्यात्मक घोषणासहित चीनको असन्तुष्टीकाबीच नेपाली सदनले एमसीसी अनुमोदन ग¥यो । एमसीसीलाई सदनले अनुमोदन गरेपछि चीनले ध्यानाकर्षण भएको प्रतिक्रिया दिएको थियो ।

एमसीसी पास भएपछि नेपाल–चीन सम्वन्ध अब कस्तो होला , चीनले नेपाललाई कसरी हेर्ला जस्ता सवाल जारी रहेकै बेला एमसीसी पास भएको महिना दिन नपुग्दै चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी यहि चैत्र ११ मा तीन दिने औपचारिक नेपाल भ्रमणमा आउने तय भएको उच्च स्रोतले जनाएको छ ।

यीको भ्रमणलाई लिएर चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्रमन्त्री नारायण खड्का, सभामुख अग्नि सापकोटा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री बालकृण खाँणलाई भेटिसकेकी छन । यीको भ्रमण विशेषत विआरआई परियोजनाको कार्यन्वयन केन्द्रित हुने परराष्ट्र मामिलाका जानकारहरुको बुझाई छ ।

नेपालले आफ्नो एजेन्डाहरुमा अडिग रहँदै चीनसँग सम्झौता भएका योजनाहरुको कार्यन्वयनमा केन्द्रित मात्र नभई विश्वास दिन सक्नुपर्ने उनीहरुको भनाई छ । मुलुकको राजनीतिक क्षेत्र अझै पनि तरल अबस्थामा छ । चुनावका कारण राजनीतिक क्षेत्र थप प्रतिस्पर्धी अवस्थामा छ ।

दलहरुबीचको राजनीतिक टकराव थप बढेको छ । परराष्ट्रमन्त्री आफै निरिह अवस्थामा छ । पछिल्लो समय सरकारको कुटनीतिक प्राथमिकता बढी छिमेकी मुलुक भन्दा पनि अमेरिका केन्द्रित बनिरहेको प्रष्ट छ । यस्तो अवस्थामा हुन लागेको चिनिया पक्षको भ्रमण नेपालका लागि कति फलदायी होला ? के चाहान्छ चीन ? र हाम्रो प्राथमिकता के हुनुपर्छ त ?

एमसीसीका कारण मात्र नभई पछिल्लो समय नेपाल–चीन सम्बन्ध केहि तितmतापूर्ण अवस्थामा नै छ । चीनका सवालमा नेपालको कुटनीतिक उदासिनताको उपज सीमा नाकामा चिनको रवैया उदाहरण मान्न सकिन्छ । एमसीसीले दुई मुलुकबीचको सम्बन्ध थप सकसपूर्ण बनेको छ ।

नेपाल–चीन सम्बन्ध र अबको आयाम वाङ यी को भ्रमणपछि मात्र अनुमान लगाउन सकिन्छ । राजनीतिक, कुटनीतिक तथा रणनीतिक व्यापार साझेदारीका दृष्टीले नेपाल–चीन सम्बन्धमा नविकरण हुन जरुरी छ ।