Breaking

म्यादी प्रहरीमा भर्ना हुन प्रहरी कार्यालयमा भीड


काठमाडौँ – आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले आजदेखि म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ । प्रहरी प्रधान कार्यालय, उपत्यकाका तीनवटै परिसर र ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट भर्ना प्रक्रिया सुरु भएको हो । भर्ना खुलेसँगै उपत्यकाका प्रहरी परिसर सहित देशभरका जिल्ला प्रहरी कार्यालयहरुमा आवेदन दिनेको भीड लागेको छ ।

म्यादी प्रहरीमा भर्नाका लागि आवेदन खुलेसंगै दरखास्त दिन देशैभरका प्रहरी कार्यालयमा युवा युवतीहरुको भिड लागेको छ । प्रहरी प्रधान कार्यालय, उपत्यकाका तीनवटै परिसर र ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट भर्ना प्रक्रिया सुरु भएको हो । भर्ना प्रक्रियाअन्तर्गत आज आइतबारदेखि चैत ११ गतेसम्म आवेदन फाराम भर्न समय दिइएको छ ।

भर्ना खुलेसँगै उपत्यकाका प्रहरी परिसरमा आवेदन भर्नेको भीड लागेको छ । काठमाडौँ उपत्यकाको हकमा प्रहरी परिसर र अन्य जिल्लाको हकमा जिल्ला प्रहरी कार्यालयमार्फत निवेदन संकल कार्य आजबाट सुरु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । म्यादी प्रहरीका लागि १८ देखि ५४ वर्षसम्मका नागरिकले आवेदन दिन सक्नेछन् ।

प्रहरी प्रधान कार्यालयकाअनुसार म्यादी प्रहरीको तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्नबापत एकमुष्ठ ७ हजार २ सय र पोसाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैयाँ तोकिएको छ । छोटै समय भएपनि रोजगारी पाईने तथा राम्रै कमाई पनि हुने देखिएपछि म्यादीमा भर्ना हुन आएको युवा युवतीहरु बताउछन ।

धेरैले भने वेरोजगारी बढेका कारण म्यादीमा पनि भिड बढेको बताएका छन । भिडमा भेटिएकाहरु मध्ये केहिले भने अहिले जता जे पाईन्छ त्यहि काम गरिरहेको र यो अवसर राम्रो देखेर आएको बताएका छन् ।

सरकारले सातवटै प्रदेश र उपत्यका गरी देशभर १ लाख म्यादीको दरबन्दी स्वीकृत गरेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट रिटायर्ड भइसकेकालाई प्राथामिकतामा राखिएको छ । जसमध्ये मधेस प्रदेशमा सबैभन्दा बढी म्यादी प्रहरी खटाउने भएको छ । सबैभन्दा कम म्यादी प्रहरी कर्णाली प्रदेश खटिने छन ।

कर्णाली प्रदेशका १० जिल्लामा ७ हजार ७ सय १३ जना म्यादीको दरबन्दी निर्धारण गरिएको छ । ७७ जिल्लामध्ये बढी म्यादी खटिने जिल्ला मोरङ परको छ । मोरङमा ३ हजार ७ सय २७ र सबैभन्दा कम मुस्ताङमा २ सय ३२ जना भर्ना लिन लागिएको छ ।

निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको अन्तिम विवरण निर्क्योल गरपछि म्यादी प्रहरीको तैनाथी संख्यामा केही तलमाथि पर्न सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । तर देशभरकै प्रहरी कार्यालयमा म्यादीका लागि सोचेभन्दा बढि आवेदन पर्ने देखिएको छ ।

आवेदनमा भर्ने लाईनमा वच्चका आमा देखि पहिले सुरक्षा क्षेत्रमै काम गरेका,अघिल्लो निर्वाचनमा म्यादीमा भर्ना भएकाहरु तथा उमेर हद पुग्ने लागेकाहरु समेत देखिएका छन् । आवेदन दिन आएका अधिंकाश युवाहरुमा कोहि वैदेशिक रोजगारीमा गएर फर्किका छन भने भर्खरै विद्यालय तहको अध्ययन पुरा गरेका देखि उच्च शिक्षामा अध्ययनरतहरु पनि देखिएका छन् ।

अधिंकाशको विचार देशमा बढ्दो वेरोजगारीका विचमा यो राम्रो अवसर बनेको छ । भोट दिएका जिताएकाहरुले पनि जनविकाको पक्षमा काम नगरेको अवस्थामा कम्तिमा म्यादीमा जागीर खाने अवसर भने खुलेको उनीहरुको बुझाई छ । जसले जनताको भाग्य र भविष्य निर्धारण गर्ने माध्यम मानिएको निर्वाचन र नेताहरु प्रतिको धारणा प्रष्ट पारेको छ ।