राजनीति

डा.शंकर शर्मा भारतको राजदूत नियुक्त


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले डा। शंकर शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपतिले संविधानको धारा २८२ बमोजिम शर्मालाई भारतको राजदूतमा नियुक्त गरेकी हुन् ।

सरकारले उनलाई राजदूत सिफारिस गरेको लामो समय बितेपनि भारतले एग्रिमो पठाउनढिलाइ गरेको थियो । भारतले एग्रिमो पठाएसँगै राष्ट्रपतिले आइतबार उनलाई आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।