काठमाडौँ – नेपालमा अवैध मानिएको डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) को विज्ञापनमा अभिनेत्री प्रियंका कार्कीको फोटो प्रयोग गरेको पाइएपछि उनीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान थालेको छ । सीआईबीले अभिनेत्री कार्कीलाई कार्यालयमा नै बोलाएर आइतबार सोधपुछ गरेको हो ।
विज्ञापनमा उनको तस्बिर दुरुपयोग भएको हो या होइन भन्ने बुझ्न कार्कीसँग सोधपुक्षका लागि बोलाएको सीआईबीले बताएको छ । सीआईबीका अनुसार यसभन्दा अघि पनि सेलिब्रेटीको तस्वीर दुरुपयोग भएको भन्दै कार्कीको बारेमा बुझ्न लागेको बताए । उनको फोटो अनुमति लिएरै प्रयोग गरिएको हो या अनुमतिबेगर प्रयोग गरिएको हो भन्नेबारे सोधपुछ भइरहेको छ ।
सीआईबीले अभिनेत्री कार्कीलाई कार्यालयमा नै बोलाएर आइतबार सोधपुछ गरेको हो ।
प्रतिक्रिया